‘सेल्फी किङ’ बन्दै विपिन

भदौं २३, काठमाडौं — अभिनेता विपिन कार्की पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेका छन् ।

चलचित्र पशुपति प्रसादर्मा भस्मे’ अभिनय पछि उनको फिल्मी यात्रा चम्किएको हो । उनि एकपछि अर्को चलचित्रमा अहिले ब्यस्त बन्दै गइरहेका छन् ।

यतिबेला भने उनि चलचित्र ‘सेल्फी किङ’को तयारीमा रहेका छन् । यस चलचित्रमा उनो मुख्य भुमिका रहने बताइएको छ । छायाँकनको तयारीमा रहेको यो चलचित्रलाई दिनेश राउतको निर्देशन रहेको छ ।

विपिन कार्कीको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराल लगायतका कलाकारको फिल्ममा अभिनय रहने छ ।

अभिनेत्री केकी अधिकारीले भने फिल्ममा विशेष भूमिकामा देखा पर्ने भएकी छन् ।