प्रधानमन्त्री ओली र चिनिया बिदेश मन्त्रीबीच शिष्टचार भेटघाट

भदौं २३,काठमाडौं—प्रधानमन्त्री केपीशर्मा ओलीले चिनिया बिदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी सँग सोमबार शिष्टचार भेट गरेका छन ।

आइतार साँझ नेपालको बिशेष भ्रमणमा नेपाल आइपुगेका चिनिया बिदेश मन्त्री वाङ यीसँग सोमवार अपरान्ह्र प्रम ओलीले नीजि निवास वालुवाटारमा भेट शिष्टचार भेट गरेका हुन ।

शिष्टचार भेटघाटमा क्रममा नेपाल र चिनको मैत्री सम्बन्ध बलियो बनाउने र सहयोग आदानप्रदान गर्नेबारे छलफल भएको प्रम ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता हुनुअघि राजधानीको याक एण्ड यति होटलमा चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीकोबीच औपचारिक भेटवार्ता भएको थियो ।

भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको बताइएको छ । सोही क्रममा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने रहेको छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको हो । अर्को सम्झौता आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ । दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् । अर्को सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेछ । यसमा शिक्षासचिवले हस्ताक्षर गरे ।

आजै चिनियाँ विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गरेका छन् ।