डेंगुका संक्रमणले भरियो अस्पताल

भदौं २३, काठमाडौं — डेंग यतिबेला देशव्यापी रुपमा फैलिरहेको छ । अस्पतालहरुमा दिनप्रतिदिन संक्रमण हरुको चाप बढ्दै गइरहेको छ । बिरामीहरुमा पनि क्रास बढ्दै गइरहेको छ । अस्पतालहरुमा डेंगुको आशंकामा रगत जँचाउने र रिपोर्ट लिनेको लाइन बिहानदेखि भिडभाड हुने गर्दछ ।

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिबेला दिनप्रतिदिन डेंगु संक्रमणहरुको बढ्दै गइरहेको छ भने अर्कोे तर्फ डेंगुको आशंकामा चेकअप गर्नेहरुको भिड रहेको छ । शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि बिरामीको चाप बढेको हो ।

शुक्रराज अस्पतालमा असारमा ९ र साउनमा २३ जना उपचार गरी फर्किएको अस्पतालले जनाएको छ । भदौमा ४४ महिला र ४१ पुरुष उपचारपछि फर्किए । जँचाउन आउनेको संख्या बढेको छ ।

शुक्रराज अस्पतालमा बिरामीको अत्यधिक चाप भएपछि वीर अस्पतालले पनि शुक्रबारदेखि डेंगु परीक्षण थालेको छ । बिरमा पनि संक्रमणहरुको भिड लाग्न थालेको छ ।