दशैंलक्षित सहुलियत पसल आजदेखि सञ्चालन

भदौैं २३, काठमाडौं — सरकारले आजदेखि दशैंलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागेको छ ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनुका साथै बजारमा हुने अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्नका लागि आजदेखि सुपथ पसल सञ्चालन गर्न लागिएको हो ।
सरकारी स्वामित्वमा रहेका नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासँगै उपत्यका बाहिर गरि करिव ७० ठाउँमा सहुलियत पसल सञ्चालन गर्नेछन् ।

सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच,खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिइने बताइएको छ ।

चाडपर्वमा बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।