महानायक हमालले थाइल्यान्डबाट सार्वजनिक गरेका यि तस्बीरहरु

भदौं २२,काठमाडौं—पछिल्लो समय महानायक राजेश हमाल फिल्म क्षेत्र बाहेकका काममा केन्द्रित छन् ।उनी अभिनयबाट केही समयदेखि टाढा रहेका छन् । ५५ वर्षिय हमालको जागर भने युवाहरुको भन्दा कम छैन ।

महानायक राजेश केही समयमा यता थाइल्यान्डमा छन् । थाइल्यान्ड भ्रमणमा रहेका राजेशले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केही तस्बीर सेयर गरेका छन् । थाइल्यान्डबाट सार्वजनिक गरेका तस्बीरहरुले उनले आफ्नो शरीरलाई निकै मेन्टेन गरेको देखिन्छ । फोटोहरुमा उनका प्रशंसकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् । उनले आफ्नो जीवन शैलीबाट धेरैलाई प्रेरणा समेत दिएका छन् ।