गोरे मनपर्ने भएपनि ‘पोई पर्यो काले’ भन्छिन् पूजा (भिडियोसहित)

भदौं २२,काठमाडौं—फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा सेट बनाएर तयार पारिएको फिल्मको गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा नृपेश उप्रेतीको शब्दलाई अर्जुन पोखरेलले संगीत भरेको छन् भने गायक रामचन्द्र काफ्ले र गायिका अन्जु पन्तले स्वर दिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई शिव ढकालले छायांकन गरेका छन् ।

शिशिर राणाको निर्देशनमा तयार भएको फिल्ममा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

हिन्दुहरुको महान पर्व तिहारको अवसर परेर फिल्म आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउने भएको छ ।