सेरेना विलियम्सको असाधारण खेलजीवन

भदौं २२—सन् २०१९ को यूएस ओपन टेनिस प्रतियोगितामा सेरेना विलियम्सले एकलतर्फ आफ्नो २४औँ ग्र्यान्ड स्ल्याम उपाधि जित्न सकिनन् ।

फाइनलमा क्यानडाकी बियान्सा एण्ड्रेस्क्यूसँग ६(३, ७(६ ले सोझो सेटमा हारे पनि त्यसले सेरेनाको टेनिसको शिखरमा रहिरहने शक्तिलाई कम तुल्याएन ।

यो त्यही प्रतियोगिता थियो जसमा यी अमेरिकी टेनिस खेलाडीले २० वर्षअघि एकलतर्फ पहिलो ग्र्यान्ड स्ल्याम उपाधि जितेकी थिइन् ।

त्यसयता २३ पटक ग्र्यान्ड स्ल्याम उपाधि जितेकी सेरेनाको अस्ट्रेलियाकी मार्गरेट कोर्टको कीर्तिमान बराबर गर्ने तिर्सना भने पूरा भएन् ।

सन् १९६८ मा टेनिस व्यवसायिक रूपमा परिवर्तन भएयता कुनैपति पुरुष वा महिला खेलाडीले टेनिसमा यसरी एकपछि अर्को शृङ्खलाबद्ध सफलता हात पारेका छैनन् ।

ग्र्यान्ड स्ल्याम भनिने चार मुख्य प्रतियोगिता (अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन) को एकल उपाधि जित्ने सेरेना सबैभन्दा पाका खेलाडी हुन् ।

सन् २०१७ मा अस्ट्रेलियन ओपन जित्दा उनी ३५ वर्ष चार महिनाकी थिइन् ।

सेरेनाले पहिलो पल्ट सन् १९९९ मा युएस ओपनमा उपाधि जितेकी थिइन् ।
सन् १९९९ को सेप्टेम्बर ११ मा मार्टिना हिङ्गिसविरुद्धको खेलमा पहिलो जित हात पारेपछि उनको विजयी यात्रा सुरु भएको हो ।

त्यसपछि सन् २०१० सम्ममा उनले थप १२ वटा प्रमुख उपाधि हात पारिन्। त्यसपछि ग्र्यान्ड स्ल्याम उपाधि विजय यात्रामा दुई वर्ष धक्का लाग्यो ।

त्यसपछि कसरी उनले सानदार प्रदर्शनको दोस्रो चरण प्राप्त गर्न सकिन् भन्ने कुराचाहिँ असाधारण छ ।

सेरेनाले ३० वर्षको उमेर काटिसकेपछि सन् २०१२ र सन् २०१७ बीचमा थप १० वटा उपाधि जितिन् ।

सन् २०१७ को अन्त्यको विश्व टेनिस सङ्घको वरीयताक्रममा शीर्ष एक सय स्थानमा ३० वर्ष नाघेका तीन खेलाडीमध्येमा सेरेना पनि थिइन् ।

उनको प्रतिस्पर्धीहरूको औसत उमेर भने २५ वर्ष थियो ।
“म सङ्ख्याबारे सोच्दिन,“ बिहीवार सेमिफाइनलमा विजयी भएपछि उनले भनिन्।
“म भर्खरै यहाँ आएँ र सकेको राम्रो गरिरहेको पनि छु। म २० वर्षदेखि यहाँ छु र अझै यहीँ छु।“
तर उनले आफ्नो खेल जीवनको दोस्रो चरणमा कसरी सफलता हासिल गरिन ?

सेरेनाको प्रभावशाली प्रशिक्षक फ्रान्सका प्याट्रिक मौराटोग्लो रहेका छन् ।
मुख्य कारणहरूमा नाम र थरहरू छन्स् प्याट्रिक मौराटोग्लो र म्याकी शिल्स्टोन ।

पहिलो हुन् फ्रान्सेली प्याट्रिक मौराटोग्ल जसलाई सेरेनाले सन् २०१२ मा फ्रेन्च ओपनको शुरूवाती चरणमै हारेपछि प्रशिक्षकको रुपमा नियुक्त गरेकी थिइन् ।

उनले सेरेनालाई मनौवैज्ञानिक र चातुर्यपूर्ण खेल खेल्न मद्दत गरे ।

शिल्स्टोनचाहिँ व्यक्तिगत प्रशिक्षक हुन् जसले पहिला पनि सेरेनासँग काम गरिसकेका थिए ।

सन् २०११ मा सेरेनाले आफ्नो तन्दुरुस्तीमा सङ्घर्ष गर्नुपरेपछि शिल्स्टोनले उनलाई स्वस्थ रहने उपायहरू सुझाएका थिए ।

यसैबीच सेरेनाकी छोरी जन्मिइन् ।

उनले हार्दै नहार्ने भने होइनन् । सन् २०१७ को ज्यानुअरीमा अस्ट्रेलियामा भएको खेलमा २३ औँ उपाधि जितेपछि उनले चारवटा ग्र्यान्ड स्ल्याम उपाधिको खेल हारिन् ।

सन् २०१८ को युएस ओपनमा नाओमी ओशाकासँग हारिन् । त्यतिबेला सेरेना एउटा चेतावनीपश्चात अम्पाएर कार्लोस रामोसमाथि खनिएपछि उनी गलत कारणले चर्चामा आइन् ।

सेरेना सन् २०१९ मा विम्बल्डन र युएस ओपनको फाइनलमा पुगेपनि उनले यो वर्षको कुनै उपाधि जितकी छैनन् ।

एलेक्सिस सेरेनाकी छोरी हुन् । विश्व वरियताक्रममा उनी आठ नम्बरमा छिन् जुन आकर्षक स्थान हो ।

तर सेरेनाले दुई वर्षअघि ग्र्यान्ड स्ल्याम उपाधि जित्दा उनी दुई महिनाकी गर्भवती थिइन् ।

त्यसपछि छोरी एलेक्सिस ओलिम्पिया ओहानियन जन्माउन उनी आठ महिना खेलबाट टाढै बसिन् ।

बच्चा जन्मिएपछि सन् २०१८ को फ्रेन्च ओपनको पहिलो चरणको पहिलो खेलमा सेरेना वरियताक्रममा चारसय ५१ स्थानमा थिइन् ।

आइतवारको यूएस ओपनको फाइनल एकदमै निर्मम थियो किनभने उनले २४औँ ग्र्यान्ड स्ल्याम उपाधिबाट उनी नजिकै पुगेर पनि विमुख हुनपरेको चौथो घटना थियो ।

बीस वर्ष अगाडि जुन स्थानमा उनले ठूलो सफलता हात पारेकी थिइन् त्यही स्थानमा उनले कूल सातवटा उपाधि जितेकी छन् ।

त्यही स्थानमा उनी गत वर्षको फाइनलमा केही समर्थकको नजरमा खलनायक थिइन् ।

के आइतवारको फाइनलबाट उनको खेलजीवनमा पूर्ण्विराम लाग्नेछ? यस्तो नसोच्नुस किनभने सेरेना लडाइँबिना पछाडि हट्ने खेलाडी होइनन् ।
बीबीसी