(नेसोम) को अध्यक्षमा घिमिरे निर्वाचित

भदौं २२, काठमाडौं — नेपाल सोसाइटी अफ माइक्रोवायोलोजी (नेसोम) को अध्यक्ष पदमा प्रा. डा. प्रकाश घिमिरे निर्वाचित भएका छन् ।

शनिबार राजधानीको त्रिभुवन बिश्वबिद्यालयको अडिटोरियम हलमा सम्पन्न भएको (नेसोम) को सातौं साधारण सभामा अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा मेघराज बन्जारा र सरिता मानन्धर निर्बिरोध निर्वाचित भए। त्यस्तै महासचिवमा कृष्ण शुशिल श्रेष्ठ निर्वाचित भएका छन्  ।  सचिवमा अजित कुमार यादब र कोषाध्यक्षमा मञ्जु श्री शाक्य  निर्बिरोध निर्वाचित भएकी छन् ।

सदस्यहरुमा टंकेश्वर आचार्य, प्रकाश ढकाल, हेमन्त खनाल, अनिल कुमार शाह, उशाना श्रेष्ठ ख्वाखली, खड्ग बिक्रम आङबुहाङ र मिलन कुमार उप्रेति निर्बिरोध निर्वाचित भएका छन् ।

प्रा. डा. रजनी मल्लको अध्यक्षतामा सपन्न सभाले माइक्रोवायोलोजीको बिभिन्न क्षेत्रमा कार्यरत २१ जना सुक्ष्मजीववीज्ञहरुलाई सम्मान समेत गरेको छ ।