सन् २०२० को इदमा सलमानको नयाँ फिल्म

भदौं २२—बलिउड चर्चित अभिनेता सलमान खान आफ्नो फ्यानहरुलाई हरेक वर्षको इदमा इदीकको रुपमा नयाँ चलचित्र दिने गर्छन् । सलमानमाा फ्यान इदको छुट्टिको पर्खाईमा भन्दा पनि इदमा आउने सलमानको फिल्मको पर्खाईमा हुने गर्छन् । सन् २०२० को इदमा सलमानको कुन चाँही फिल्म रिलिज हुँदै छ भनेर प्रशंसकबीच विभिन्न चर्चा परिचर्चा सुरु भइसकेको छ ।

चर्चित निर्माता तथा निर्देशक संजय लिला भंसालीले सलमानसँग मिलेर नयाँ फिल्म ‘इंशाल्लाह’ निर्माण गर्ने घोषणा गर्दै फिल्मलाई २०२० को इदमा प्रदर्शनमा ल्याउने भनेर मिति समेत पक्का गरेका थिए । तर, संजय र सलमान बीचको अन्तरिक मनमुटावका कारण फिल्म निर्माण हुन सकेको छैन् ।

इंशाल्लाह प्रदर्शनमा नआउने भएपछि अर्को वर्षको इदमा ुकिक २ रिलिज गर्न सक्ने अनुमान गरिरहेका छन् । तर, ‘किक २’ का निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सन् २०२० को इदमा रिलिज नगर्ने बताएका छन् ।

भारतीय मिडियाका खवर अनुसार अर्को वर्ष इदको मौकामा सलमानको एउटा नयाँ कमेडी शैलीको फिल्म रिलिज हुने सम्भावनाा छ । फिल्मलाई आनन्द एल रोयले निर्देशन गर्ने सम्भावना देखिन्छ । सलमान उक्त कमेडी फिल्ममा दोहोरो भूमिकामा देखिने अनुमान गरिएको छ । भारतको उत्तर प्रदेश फिल्मको कथा आधारित हुने भएको छ ।

निर्देशक आनन्दलाई सलमानले इंशाल्लाहमा काम नगरेको भन्ने थाहा पाएलगतै सलमानलाई आफ्नो नयाँ फिल्मको स्क्रिप्ट पठाएका थिए । फिल्मको नाम र कलाकारहरु भने खुलाइएको छैन् । सलमानले पनि फिल्मबारे कुनै आधिकारिक निर्णय भने दिएका छैनन् ।

एजेन्सी