शाकाहारीमा स्केमिकको जोखिम कम

भदौं २२, काठमाडौं—विश्वमा दिनप्रतिदिन शाकाहारी वा पेसाटेरियनको संख्या बढ्दै गएको तथ्यांकहरु सार्वजनिक हुने गरेको छ । शाकाहारप्रति चासो बढ्दै जादाँ योसंग सम्बन्धित खोजहरु पनि व्यापक मात्रामा हुने गरेका छन् ।

शाकाहारी र पेसाटेरियन (माछा मात्रै खाने) हरुमा इस्केमिक(रक्तशिरामा समस्या भई मुटुमा न्यून रक्तसञ्चार हुने समस्या) हृदय रोगको जोखिम कम हुने एक लामो समयसम्म गरिएको अनुसन्धानले देखाएको छ । तर शाकाहारीलाई स्ट्रोकको जोखिम भने मांशाहारीलाई भन्दा बढी हुने अध्ययनको निष्कर्ष छ ।

स्वास्थ्यसंग सम्बन्धित अनलाइन पोर्टल बिएमजेमा प्रकाशित अध्ययनमा शाकाहारीमा मोटोपनाको जोखिम कम हुन्छ । तर यो विषयमा अझै विस्तृत अध्ययन भने गर्न बाँकी नै छ । ४८ हजार १ सय ८८ जनाको डाटा संकलन गरि गरिएको अध्ययनमा शाकाहारी र मांशाहारीमा स्ट्रोक हुने सम्भावनाको अन्तर भने त्यति धेरै थिएन ।