घरेलु माध्यमद्धारा यसरी गर्नुस मृगौला सफा

 

भदौं २२, काठमाडौं — उच्च रक्तचाप र डायबिटिजको रोग हुनेलाई मृगौला सम्बन्धी समस्याले सातउँछ । घरमा सहज रुपमा उपलब्ध हुने सामाग्रीहरुको  प्रयोगले मृगौला सफा गर्न सकिन्छ ।

हरियो सागसब्जी सम्पूर्ण स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । हरियो सब्जीमा भिटामिन सी, र भिटामिन के हुन्छ । यसमा प्रचुर मात्रामा फाईबर हुने भएकाले हरियो पातयुक्त तरकारी नियमित सेवन गर्नुपर्दछ । यसले गर्दा त्तचाप नियन्त्रण गर्नुका साथै ब्लड सुगरको मात्रा घटाउने र मृगौलालाई सम्भावित स्ट्रेसबाट पनि जोगाउछ ।

भान्सामा सहज उपलब्ध चिज हुने बेसार । बेसारले मृगौला रोगबिरुद्ध लड्नका लागि पनि सहयोग हुन्छ । रोटी, पुवा, दुधमा बेसार मिलाएर खान सकिन्छ ।

गुणकारी फल हो स्याउ । स्याउमा फाईबरको मात्रा अधिक हुन्छ । जसले शरिरमा अनावश्यक विष शरिरबाट हटाइदिन्छ । मृगौला भएका अनावश्यक विकार समेत फालिदिन्छ । स्याउले पाचन प्रणालीलाई पनि सहयोग गर्छ ।

नियमित लसुनको सेबनले मृगौलालाई सफा गरिदिन्छ । लसुनलाई बिहान खाली पेट वा पकाएको परिकारमा मिसाएर खान सकिन्छ ।

जैतुनको तेलले हाम्रो शरिरमा फाईदै फाईदा गर्छ । तर, यसले मृगौलामा विशेष फाईदा गर्छ । जैतुनको तेलले कोलेस्ट्रेल घटाउनुका साथै मृगौलामा हुने स्टोनबाट उत्पन्न पीडाबाट आराम दिन्छ ।

अदुवाले पनि मृगौला सफा राख्छ । अदुवालाई धुलो, जुस वा खानेकुरामा मिसाएर खान सकिन्छ । मृगौलालाई सम्भावित ड्यामेज हुनबाट जोगाउँछ ।