भारतीय एटीएमबाट चोरी भएको रकम असुल्न कठीन

भदौ २०,काठमाडौं —नक्कली कार्डमार्फत रकम चोरी भएको प्रकरणमा भारतबाट झिकिएको भनिएको १ करोड ५ लाख रुपैयाँ असुल हुन कठीन देखिएको छ ।

नेपाली एटीएमबाट चोरी भएको करीब १ करोड ८९ लाखमध्ये अधिकांश फेला परेपनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सरोकारवाला मौन छन् ।

घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको दछ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।