बैंकहरुले गराएका छैनन् साइबर सेक्युरिटी बीमा

भदौ २०,काठमाडौं —नेपालमा साइबर जोखिमसम्बन्धी बीमाको सुविधा भएपनि एउटै पनि बैंकले यस्तो बीमा गराएका छैनन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ, तर अहिलेसम्म कुनै पनि बैंकले यस्तो बीमा गराएका छैनन् । यस्तो बीमा गर्नुपर्ने बाध्यकारी नीति पनि छैन ।

बैंकहरुले साइबर रिस्क प्रोटेक्टरको महत्व नबुझेका कारण पनि यस्तो बीमा नगराइएको इन्स्योरेन्स कम्पनीले बताएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपालको बैंकिङ बजारमा अझै पनि यस्तो बीमा प्रचलनमा आएको छैन ।

यो समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।