एटीएम ह्याकिङमा साथ दिएको आशंकामा तीन नेपाली पक्राउ

भदौं १७, काठमाडौं — शनिबार राति नेपालका १८ वटा बैंकको नेटवर्क ह्याक गरी एटिएम मेशिनलाई स्वतन्त्र बनाएर करोडौं लूटपाटमा संलग्न चिनियाँहरु रंगेहात पक्राउ परे ।

यस पक्ररणमा हालसम्म नौं जना पक्राउ परिसकेका छन् । सोमबार प्रहरीले राजधानीको ठमेलबाट तीन जना नेपालीलाई चिनियाँ ह्याकरसँग कनेक्सन रहेको आशंकामा पक्राउ गरेको छ ।

चिनियाँ आपराधिक समूहलाई सहयोग गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलस्थित डेस्को भन्ने मनिचेन्जरका देवनाथ लामिछाने सहित रोशन प्रधान श्रेष्ठ र रेवती नाम गरेका एक युवकलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।