फिल्म ‘लार्जो विन्च’को कपी भन्दै ‘साहो’ लाई चोरीको आरोप

भदौं १७,काठमाडौं —दक्षिण भारतीय अभिनेता प्रभास र बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुरद्धारा अभिनित चलचित्र ‘साहो’ ले सोचे अनुसारको सफलता हात पार्न सकेको छैन । बर्षको प्रतिक्षित मानिएको फिल्म प्रदर्शनमा आएपनि दर्शकको मन जित्न सकेको छैन ।

फिल्म प्रदर्शनमा आएदेखि फिल्मको कथाबस्तु नभएको, पैसा र समयको बर्बादी रहेको भन्ने प्रतिक्रियाहरु फिल्म समीक्षकहरुले दिदै आएका छन् । दर्शकहरुबाट भने मिश्रित प्रक्रिया पाइरहेको ‘साहो’ लाई चोरीको आरोप लागेको छ ।

फिल्म ‘साहो’ को हिन्दी संस्करणले पहिलो दिन २४.४०, दोस्रो दिन २५.२० र तेस्रो दिनमा २९.४८ करोड कमाइ गरेर जम्मा ७९.०८ करोड कमाइ गरेको छ । साहो’मा प्रभाष र एक्सन मात्र हेर्न लायकको रहेको र कथा र पटकथाका कारण फिल्म निकै नै कमजोर रहेको प्रतिक्रिया पाईरहेको छ ।

‘साहो’ फिल्म कुनै मौलिक कथावस्तुमा आधारित नरहेको र यो फिल्म हलिउड फिल्म ‘लार्जो विन्च’को नक्कल भएको आरोप लागेको हो । ‘लार्जो विन्च’ को कपी रहेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना हुन थाले पछि हलिउड फिल्म ‘लार्जो विन्च’ का निर्देशक जरोम सलेले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ‘लार्जो विन्च’ को दोस्रो निःशुल्क निर्माण पनि खराब बनेको बताएका छन् ।

उनले तेलुगु निर्देशकहरुलाई आफुले गरेको काम चोरे पनि सही ढंगले गर्न आग्रह गरेका छन् । जरोमले उनको फिल्मको विना रिमेक अधिकार लिएर आफ्नो स्वतन्त्रताले फिल्मको कपी गर्ने कामलाई निःशुल्क निर्माण अर्थात् फ्रि मेक भन्दै आफ्नो ट्वीटरमा ट्वीट गरेका छन् ।

उनले भारतमा आफ्नो लागि राम्रो करियार हुन सक्ने भन्दै लेखेका छन् । योभन्दा अगाडि पनि जरोमले आफ्नो फिल्मको रिमेक गरेको भन्दै निर्देशक त्रिविक्रम श्रीनिवासमाथि आरोप लगाएका थिए ।

फिल्ममा प्रभास र श्रद्धाका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । नील नितिन मुकेश भने भिलेनको भुमिकामा रहेका छन् ।