‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

भदौं १७,काठमाडौं —‘लभ यु हमेशा’ फिल्ममा समावेश गरिएको ‘लभ यु हमेशा’ बोलको शीर्ष गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

सो गीतमा अभिनेता यशराज गरच र नव अभिनेत्री फिजा योन्जनको अभिनय रहेको छ । भासुको शब्द र संगीत रहेको गीतमा प्रताप दास र श्रेया सोताङले स्वर दिएका छन् ।

फिलिपिन्सको समुन्टी तटमा खिचिएको गीतको भिडियोलाई रामजी लामीछानेले कोरियोग्राफ गरेका हुन् । फिल्ममा यशराज र फिजाका साथ ऋचा थापा, शिशिर राणा, गोपाल ढकाल, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

यवन गुरुङको प्रस्तुति रहेको फिल्मलाई मिलन गुरुङ ले निर्माण गरेका हुन् । फिल्मलाई काठमाडौं, भारतको कालेबुङ, सिलगुडी तथा सिंगापुर र फिलिपिन्समा समेत छायांकन गरिएको छ । फिल्म कार्तिक २२ गते नेपालमा र कार्तिक १५ गते भारतमा रिलिज गरिने छ ।