प्रधानमन्त्री भेट्न नेकपा महासचिव पौडेल सिंगापुर जादै

भदौं १७,काठमाडौं — सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेल सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् ।

उनी मंगलवार अपराह्न सिंगापुर उड्ने उनको निजी सचिवालयले बताएको छ ।

उपचारका लागि केही दिन यता सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न सिंगापुर जान लागेका हुन् ।उनी फर्कदा प्रधानमन्त्री ओलीसँगै फर्किने छन् । पौडलका अनुसार प्रधानमन्त्री स्वस्थ रहेको र नेकपा नेतृत्वसँग नियमित सम्पर्क भइरहेको बताए ।

पौडेलसँगै नेकपा उपाध्यक्ष वामदेव गौतम पनि सँगै जाने चर्चा चलेको थियो । गौतमको सचिवालयले उनी सिंगापुर जाने कुनै कार्यक्रम नरहेको पुष्टि गरेको छ ।

प्रधानमन्त्रीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार भएको थियो । बुधवार अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार उनी नेपाल फर्कनेछन् ।