हलिउड ‘ट्रान्सपोर्टर’को हिन्दी रिमेकमा जोन

भदौं १७,काठमाडौं —अहिले बलिउडका चर्चित अभिनेता जोन अब्राहमद्धारा अभिनित केही फिल्महरु रिलिजको तयारीमा रहेका छन् भने केही फिल्महरु छायांकनको तयारीमा पनि रहेका छन् ।

त्यस मध्य, जोनद्धारा अभिनित चलचित्र ‘बटला हाउस’ लाई दर्शकले मनपराएका छन् । यो चलचित्रले बक्स अफिसमा सफलता हासिल गरेको छ ।

विभिन्न भारतीय मिडियाहरुका अनुसार जोनले अब हलिउड फिल्म ‘टान्सपोर्टर’को हिन्दी रिमेकमा काम गर्न लागेको खबर उल्लेख गरिएको छ । फिल्मको निर्माण टिम र जोनबीच लिखित सम्झौता समेत भइसकेको खवर सार्वजनिक भएको छ ।

‘टान्सपोर्टर’मा हलिउड अभिनेता जासोन स्ताथामको मुख्य भूमिका रहेको थियो । जोनले फिल्मको रिमेकमा काम गर्न मन लागेको बताउँदै आएका थिए । जोसनले निर्वाह गरेको भूमिकालाई हिन्दी रिमेकमा जोनले गर्ने भएका छन् ।

चलचित्रको विषयमा धेरै बोल्न नमिल्ने भन्दै राम्रो टिमले यो फिल्मको रिमेक राइट्स किन्नु भएको र निर्माण टिमले मलाई फिल्म अफर गर्द आफु पनि खुसी फिल्ममा अभिनय गर्न राजी भएको बताएका छन् । उनले फिल्मका लागि विशेष तयारी गरिरहेको समेत बताए ।