एनआरएन मलेसियाको अध्यक्षमा हरि भट्टराई र वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले चयन

भदौं १७, काठमाडौं — गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा हरि भट्टराई र वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले चयन भएका छन् ।

आइतबार सम्पन्न संघको छैटौं अधिवेशनले भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले (सुन्दर), उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्षमा शुभद्रा लिंग्देन, महासचिवमा हेमराज सापकोटा, सचिवहरुमा रञ्जितकुमार क्षेत्री, नन्दबहादुर क्षेत्री, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजक रविलाल अधिकारी, महिला संयोजकमा शारदा देवान याक्खालाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ अनिलकुमार चौधरी, अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउँद, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईँ, ईन्द्र नारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोष प्रकाश रिजाल, ईन्द्रबहादुर कुँवर माधवप्रसाद भुषाल र केशवकान्त झा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।