तीनसय मिलियन युरोमा नेयमार बेच्न पीएसजी तयार

भदौं १७—फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नेयमारलाई ३०० मिलियन युरो भन्दा कम मूल्यमा बिक्री नगर्ने बताएको छ । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पूर्वस्टार नेयमार फर्काउन पछिल्लो समय गरेको प्रस्ताव अस्वीकार गरेको पीएसजीले तीनसय मिलियन युरो भन्दा कम मुल्यमा बिक्री गर्न नसक्ने बताएको हो ।

ट्रान्सफर मार्केटको अन्त्य तर्फ पिएसजीका अध्यक्ष नासिर अल खिलाफीले तीनसय मिलियन युरो माग गरेको स्पोटर्स अनलाइले जनाएको छ ।

गत मंगलबार मात्र ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले पीएसजीका प्रतिनिधिसँग पेरिसमा भेट गरी नेयमारको सरुवाको विषयमा निर्णायक छलफल गरेको थियो । बार्सिलोनाका सिइयो ओस्कार ग्राउ र बार्सिलोनाका प्रतिनिधिहरु नेयमारको सरुवा विषयमा अन्तिम निर्णय लिन पेरिस पुगेका थिए । तर बार्सिलोनोले नेयमार भित्र्याउने विषयमा सहमति गर्न सकेन । पछिल्लो समयको प्रयास असफल भएपछि नेयमारको स्पेन यात्रा अनिश्चित छ बनिरहेको अवस्थामा पीएसजीका अध्यक्ष खिलाफीले तीनसय मिलियन यूरोमा बिक्री गर्न सक्ने बताएका हुन ।

पिएसजीले नेइमारलाई सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा भित्र्याएको थियो । किर्तिमानी मुल्यमा बार्सिलोनाबाट पीएसजी गएका नेयमारलाई बिक्री गर्न अध्यक्षको किर्तिमानी मुल्यको प्रस्ताव आएको हो । ‘नेयरमार जाने भए जान सक्छन् ।’ खिलाफीले भनेका छन ‘ तर क्लबले तीनसय मिलियन भन्दा कममा पठाउन सक्दैन् ।’

पीएसजीले तीनसय मिलियन माग गरेपनि बार्सिलोनाको प्रतिक्रिया आएको छैन् ।

एजेन्सी