भक्तपुरमा १२ जना डेंगुका बिरामी

भदौ १५, काठमाडौँ— भक्तपुर जिल्ला डेङ्गुको उच्च जोखिममा परेकोे छ ।

यस जिल्लामा गत वर्षभन्दा यसवर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रविभूषण सुवालका अनुसार अहिलेसम्म १२ जनामा डेङ्गुको संक्रमण फेला परेको छ । अहिले दुई जनाको भक्तपुर अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यहाँ डेङ्गुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए।