यी हुन तीजमा गुञ्जिने लोकप्रिय गीतहरु —भिडियोसहित

भदौं १५, काठमाडौं —नेपाली हिन्दु महिलाहरुको महान चाड तीज सुरु भएसगैं गीत संगीत गुन्जिन थाल्छन् । गीत संगीतसंगै कलाकारहरुको ब्यस्तता  पनि बढ्न थालेको छ । पहिलाको समयजस्तो आजभोलिका तीज गीतमा चेलीबेटीका दुख, बेदना पाइदैनन । महिलाहरुलाई मात्र तीज गीतले छुन्छ र यो चाड महिलाहरुको मात्र हो भन्ने सिदान्त अहिले भने केहि परिमार्जन हुदै गएको पाइन्छ ।

अहिलेको समयमा तीज गीत महिलासरह पुरुषहरुले पनि गाउन थालेका छन् । पहिल्ला समयमा निस्किएका तीज गीतहरु लोकदोहोरी जस्तै बन्दै गएको पाइन्छ । जसमा महिला पुरुष दुबैको स्वर सुनिन् थालिएको छ । यसरी दिनप्रतिदिन बजारमा निस्किने तीज गीतहरु कतिपय हराएर जान्छन् भने कतिपय भने सदाबहाद गुञ्जिरहेका हुन्छन् । आज यहा गीतमा सदाबहार गुज्जिने गीतहरुको चर्चा गरेका छौं ।आज यहा हामीले गीतमा सदाबहार गुज्जिने केहि गीतहरुको चर्चा गरेका छौं ।

तीज सुरु भएसंगै गीतको कुरा गर्दा सबैको मुखमा भुन्डिएको गीत हो  तिजको रहर आयो बरी लै’ । करिब ६ बर्षअघिको आर्शिवाद चलचित्रको यो गीत हरेक तीजमा सबैतिर घन्किने गरेको छ । यस गीतमा चेतन कार्कीको शब्द रहेकोे छ । शम्भुजित बास्कोटाको संगीत रहेको छ भने मञ्जु थापाको स्वर रहेको छ । यस गीतमा सदाबहार नायिका करिष्मा मानन्धरको अभिनय रहेको छ ।

 

बिबाह गरेर पराई घर गएका चेलीबेटीहरु माइतमा आएर तीज मनाउने चलन रहेको छ । यसै क्रममा चलचित्र आफ्नो मान्छेको गीर्त तीज र तिहार आउदामा बैनि माइतीलाई सम्झिनु’ निकै मार्मिक रहेको छ । यो गीतमा चेलीले पराई घरमा जानुपर्दाको पिडा पोखिएको छ । शम्भिुजित बास्कोटाको संगीत रहेको यो गीत हरेक तीज र तीहारमा बज्ने गरेको छ । यसमा श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझी साथै बिपना थापाको अभिनय रहेको छ ।

 

त्यस्तै अर्को लोकप्रिय गीत हो गायिका सिन्दु मल्लको स्वर रहेको गीर्त चिटिक्कै भाछु रे’ । राज कुमार बगरको शब्द रहेको यो गीतमा शुदाम थापाको संगीत रहेको छ ।

लामो समयदेखि निरन्तर तीज गाउदै आएकी गायिका हुन हरिदेबी कोइराला । उनका थुप्रै गीतहरु हरेक तीजमा बज्ने गरेका छन् । पराई घरमा चेलीबेटीले पाएका दुख सुख र बास्तबिक बेदना गीत मार्फत बताउने कोइरालको ‘पहिलाका तीजमा दुध र घिउ थालमा’ बोलको गीत लोकप्रिय मानिन्छ । यो गीतले पछिल्लो समय परिबर्तन हुदै गएको तीजको बारेमा समेत बताएको छ । यस गीतमा कोइरालाको आफ्नै शब्द र संगीत रहेको छ ।

 

सिन्दु मल्लको स्वर रहेको अर्को चर्चित गीत हो ‘घिनघिन मादल बजाउदैं’ । राजकुमार बलामीको शब्द रहेको यो गीतमा शुदाम थापाको संगीत रहेको छ । अघिल्लो बर्षको तीजमा सार्वजनिक गरिएको यो गीत निकै लोकप्रिय रह्यो । यस गीतमा मोडलद्धय बर्षा शिवाकोटी र बर्षा रावतको अभिनय रहेको छ ।

 

लामो समयदेखि तीज गीत गाएरै स्थापित भएकी गायकी हुन् सुनिता दुलाल । उनका थुप्रै गीत लोकप्रिय रहेका छन् । पछिल्लो समय उनको लोकप्रिय गीत हो ‘फुलबुटे सारी’ । करिब ६ बर्ष अघि सार्वजनिक भएको यो गीतमा सन्जिवनीको शश्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ । यसमा दुलाल आफैले अभिनय गरेकी छन् ।

 

अहिलेको समयमा तीजमा महिला र पुरुष दुबैको स्वर सुनिन थालेको छ । गीतमा लोकगीतहरु पनि मौलाउदै गएको पाइन्छ । गायक रामचन्द्र काफ्ले र सिन्दु मल्लको स्वर रहेको लोकगीत ‘रातो साडी’ निकै रुचाइएको तीज गीत हो । यो गीतमा मल्ल र काफ्को अभिनय रहेको छ ।