नयाँ फिल्म ‘दबंग थ्री’ को एउटा रोचक भिडियो

भदौ १५ –बलिउड नायक सलमान खान आफ्ना रोचक भिडियो सोसल मिडियामा सेयर गरिरहन्छन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘दबंग थ्री’ को सुटिङमा व्यस्त छन् र यसैबीच उनले एउटा रोचक भिडियो सोसल मिडियामा सेयर गरेका छन् । यो भिडियोमा सलमानले आफूले आफैंलाई कोर्रा हानिरहेका छन् ।

आफूले आफैंलाई कोर्रा हानिरहेका मानिसहरुलाई सलमानले हेरिरहेको भिडियोमा देख्न सकिन्छ । उनले ती व्यक्तिलाई ‘दुख्छ ?’ भनेर पनि सोध्छन् त्यसपछि उनी आफैंले पनि कोर्रा हान्ने प्रयास गर्छन् । सलमानले भिडियो सेयर गर्ने बेला बच्चाहरुलाई यो आफूमाथि वा अरु कोही व्यक्तिमाथि पनि प्रयास नगर्न सुझाएका छन् ।सलमानको यो भिडिया हेर्नुहोस्ः

 

View this post on Instagram

 

Thr is pleasure in feeling n sharing thr pain ahhhhhhhhhhhh Baccha party don’t try this on your self or on any 1 else

A post shared by Salman Khan (@beingsalmankhan) on

कामको कुरा गर्नु पर्दा सलमानको पछिल्लो फिल्म ‘भारत’ रिलिज भएको थियो जसमा उनी कट्रिना कैफसँग देखिएका थिए । यो फिल्मलाई निकै रुचाइएको थियो ।

एजेन्सी