सुनको भाउ चार सयले घट्यो

भदौ १५,काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।

आईतबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार र तेजाबी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थीर छ । आज तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।