निर्माण अगावै ‘प्रेमगीत ३’ को विदेश राइट्स बिक्री

भदौं १५,काठमाडौं — निर्माण अगावै ‘प्रेमगीत ३’ को विदेश राइट्स बिक्री भएको छ । शुक्रवार निर्माता सन्तोष सेनको जन्मदिनमा दाताज इभेन्ट्सले फिल्मको विदेश राइट्स ९५ लाखमा खरिद गरेको छ ।

प्रदीप खड्काको प्रमुख भूमिका रहेको चलचित्र निर्माण कम्पनी आसुसेन फिल्मस्का कार्यकारी प्रमुख सन्तोष सेनसँग लिखित सम्झौता गर्दै दाताजी इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले फिल्मको ओभरसिज राइट्स खरिद गरेका हुन् ।

निर्माता सेनले निर्माण अगावै ठुलो रकममा फिल्मको विदेश राइट्स विक्री हुनुले आफूहरूमा थप जिम्मेवारी थपिएको बताए । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसुर नछाड्ने उनको दाबी छ । दसैँपछि फिल्मको छायाङ्कन सुरु हुँदैछ । फिल्म भने आगामी चैत्र २८ गते रिलिज हुने निर्माण पक्षले बताएको छ ।