गौहत्या प्रकरणः घटना लुकाउन खोजिँदै

भदौ १५, काठमाडौँ — नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजाने स्वीकृति दिएको थियो ।

नगरपालिका प्रमुख धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभई ट्रकमा च्यापिएको मरेको दाबी गरेका छन् । तर स्थानीयले गाईलाई भीबाट खसालेर मारेको दाबी गरेका छन् ।

आजको राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ।