लामो अनुभवलाई व्यवहारमा लागू गर्न मेरो उम्मेदवारी- शेरबहादुर सुनार 

काठमाडौं- गैरआवाशीय नेपालीहरुका लागि दिलो ज्यान दिन तयार शेरबहादुर सुनार अहिले गैरआवाशीय नेपाल संघ, यूकेको अध्यक्ष पदका प्रत्यासीकारुपमा अघि सरेका छन् । उनले आफ्नोे उम्मेदवारी एनआरएनए युकेको छविलाई अझ माथि उकास्न तथा नेपालीमन र नेपालीपनलाई जोगाइराख्न, विदेशमा बस्ने नेपालीहरुलाई एउटै छातामुनी आवद्ध गर्न, मातृभूमि नेपालको हरेक गतिविधिमा आपूmलाई संलग्न गराउन रहेको जनाएका छन् ।

सन् २००३ मा बेलायती भूमिमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापना भएर सन् २००५ एनआरएनए युकेको स्थापना कालदेखिनै कार्य गर्दै आएका शेरबहादुर सन् २०१७ मा उपाध्यक्षमा निर्वाचित भएका हुन् । एनआरएनहरुको समस्यालाई रगहनरुपमा बुझेका उनले आफ्नो लामो अनुभवलाई व्यवहारमा लागू गर्ने उद्देश्यले उम्मेदवारी दिएको स्पष्ट पारेका छन् । पछिल्लो समय नेपालीहरुको व्यापार, व्यवसाय, उद्योग, अध्ययन, अनुसन्धान र रोजगारका लागि संसारका कुना–कुनामा पुगेर प्रवासी नेपालीकारुपमा करिब ३४ बर्ष गुजारिरहेका उनले आम बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीको राय, सल्लाह र सुझावलाई हृदयगमन गरी संस्थाको कार्यक्रम र अभियानलाई पूर्ण सफल बनाउनुनै आफ्नो पहिलो प्राथमिकता जनाएका छन् ।

उनले उम्मेदवारी घोषणा गर्दै नागरिकताको अभियानलाई निरन्तरता दिने, ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल अवधारणालाई लिएर आईसीसीसंग समन्वय गरी दोहोरो नागरिकताका लागि आवश्यक पहल गर्ने, भूपू गोर्खाजहरुका हकहित संरक्षणार्थ स्थापना भएका संघसंस्थासंग समन्वय गरी उनीहरुको आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउन आवश्यक पहल गर्ने बताएका छन् ।

उनले सन् २०२१ मा बेलायतमा हुने जनगणनामा नेपालीहरुको परिचय खुल्ने गरी ‘नेपाली’ कायम गराउन केही कामहरु भएकाले त्यसलाई परिणाममुखी बनाउन आवश्यक कदम चाल्ने, एक परिवार एक पर्यटक अभियान चलाउने, एनआरएनए युकेको आम्दानी वा खर्च दुवैलाई पारदर्शी ढंगले व्यवस्थित गर्ने, वेलायतमा रहेका एक लाखभन्दा बढि नेपालीलाई स्वतस्फूर्तरुपमा सदस्यता लिने वातावरण सिर्जना गर्ने, नेपाल हाउस अर्थात एनआरएन भवन बेलायतवासी नेपालीहरुको दीर्घकालीन सपनालाई उच्च प्राथमिकता दिने, नेपालीहरुको समस्या समाधानतर्फ समेत आवश्यक ध्यान दिने, अध्ययन, व्यापार वा कामको सिलशिलामा बेलायत आएका नेपालीहरुको समस्या समाधानका लागि ‘हेल्प डेक्स’ स्थापना गर्ने, बेलायतमा बढीभन्दा बढी सफल उद्यमी तथा व्यापारी उत्पादन गराउन सेतुको भूमिका खेल्ने पनि बताएका छन् ।

आपतकालिन अवस्थामा प्रयोग गर्दै आएको आपतकालिन अक्षय कोष वृद्धिका लागि आवश्यक कार्यक्रमसहित च्यारिटी कार्यक्रम गर्ने, बेलायतवासी युवालाई अझ सफल, सवल र अनुभवि बनाउन विभिन्न बिषय र क्षेत्रमा विज्ञता हासील गरेका बेलायतस्थित नेपाली विज्ञहरुसंग समन्वय गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता अध्यक्षका उम्मेदवार शेरबहादुरले जनाएका छन् ।

वि.सं. २०२० मा साविक बिचौर गाउँ विकास समिति, हालको दुधपोखरी गाउँपालिका, लमजुङमा जन्मिएका उनले स्थानीय बागीश्वरी माध्यमिक विद्यालयबाट द्धितीय श्रेणीमा एस.एल.सी.उत्र्तीण गरेका छन् । १८ बर्षको कार्य अवधि सकेर ब्रिटिश आर्मीबाट अवकाश लिएपश्चात स्वदेश फर्केर फ्रान्स हुँदै बेलायत प्रवेश गरेका थिए । उनी बेलायतमा स्थायीरुपमा बस्न थालेदेखिनै नेपाली समुदायसंग हातेमालो गर्दै नेपालीहरुको सुख र दुखमा सरीक हुदै आएका छन् । श्रीमती जानकी सुनारसहित दुई छोरा र बुहारीसँगै रस्मोर बरो काउन्सिलअन्र्तगत फार्नबोरोमा बस्दै आएको छन् ।

बेलायत बसाईका क्रममा विभिन्न नेपाली संघसंस्थामा आवद्ध भएर आपूmले सकेको काम गर्दै आएका उनी गत ९ सेप्टेम्बर २०१७ का दिन सम्पन्न सातौं महाधिवेशनद्वारा अत्याधिक बहुमतका साथ उपाध्यक्ष पदमा निर्वाचित भई वर्तमान उपाध्यक्षको भूमिकामा रहेर काम गर्दै आएका छन् । उपाध्यक्षमा रहेर कार्यसमितिले दिएको जिम्मेवारीलाई आफ्नो वुद्धि र विवेकले भ्याएसम्म काम गर्दै आएका उनले संगठन सुदृढ तथा सदस्यता वृद्धिका लागि विभिन्न प्रयास थालेका थिए । अध्यक्षका प्रत्याशी शेरबहादुर सुनार न्यखभचलयच (द्दण्ण्ठ(द्दण्ण्ढ, ऋजभचचथ ध्ययम क्अजयय,ि ँबचलदयचयगनज, लमजुङ समाज यूकेको सल्लाहकार, सल्लाहकार, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बेलायत शाखा, संस्थापक उपाध्यक्ष एवं वर्तमान सल्लाहकार, शिव कल्चरल सेन्टर यूके, संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार, गोर्खाज ईन्टेक, सिर्जनशिल नेपाली समाज यूकेलगायतका विभिन्न संस्थाहरुमा रही आफ्नो कुशलता प्रस्तुत गरिसकेका छन् ।

उनले गैरआवासायी नेपाली संघ युकेको १६ बर्षको इतिहासमा आफुले संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा राय, सल्लाह र सुझाव दिँदै आएका छन् । बेलायतका धेरैजसो संस्थामा रहेर काम गरिसकेका अध्यक्ष पदका प्रत्यासी शेरबहादुरले आठौं महाधिवेशनमा एनआरएनए युकेको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिदिनहुन सबैमा आग्रह गरेका छन् ।