‘छ माया छपक्कै’ को फर्स्टलुक सार्वजनिक

भदौं १२,काठमाडौं —कमेडी जनरामा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा केकीलाई दीपक, जितु र केदारले डोकामाथि हात राखि हेरिरहेका छन् । पोस्टरमा अभिनेत्री केकी अधिकारी, अभिनेता दीपक राज गिरी, जितु नेपाल र केदार घिमिरेलाई देखाईएको छ ।

‘छ माया छपक्कै’ को लोक शैलीको एक गीतबाहेक बाँकी फिल्मको छायांकन लगभग सकिएको छ । केही दिनमा उक्त गीतको छायांकन राजधानीमा गरिने तयारीमा निर्माण टिम जुटिरहेको छ ।

कमेडी जनरामामा आधारित रहेर माया र प्रेमको कथा समेटिएको यस फिल्ममा ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित फिल्ममा दीपकराज र केकीको जोडी बाँधिएको छ ।

दिपेन्द्र लामाको निर्देशनमा तयार भएको यस फिल्ममा दीपकराज गिरि, केकी अधिकारी, सुपुष्पा, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल र दिपाश्री निरौलालगायत कलाकारहरुको अभिनय रहेको छ ।

रोहित अधिकारी मुभिजको ब्यानरसँग मिलेर दीपकको यस चलचित्रका निर्देशक दीपेन्द्र आफैले कथा लेखेका हुन् । फिल्मको पटकथा तथा संवादलाई दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले तयार पारेका हुन् ।

फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन । छायांकन पूरा नहुँदै ‘छ माया छपक्कै’ को विदेशी राइट्स सर्वा्धिक महँगो मूल्यमा बिक्री भएको छ ।