‘फस्र्ट लेडिज’ मा मिशेल ओबाको भूमिकामा विओला डेविस

भदौं १२— हलिउड टेलिभिजन सीरिज ‘फस्र्ट लेडिज’ मा मिशेल ओबामाको भूमिकामा ओस्कार विजेता अभिनेत्री विओला डेविसले निभाउने भएकी छिन् ।

विओलाले ट्विटरमा यसबारे जानकारी दिएकी छिन् । यो टेलिभिजन सीरिज अमेरिकाकी फस्र्ट लेडिजको व्यक्तिगत र राजनीतिक जीवनमा आधारित हुनेछ । यसको पहिलो सिजन एलेनर रुसेल्ट, छोरी फोर्ड र मिशेल ओबामामा आधारित हुनेछ ।

ओस्कार अवार्ड जितिसकेकी अभिनेत्री विओला नै उक्त सीरिजको प्रोड्युसर हुन् । यस शोमा तीन–तीन घण्टाको तीनवटा कहानी हुनेछ । उपन्यासकार एरान कुलेले यस शोको स्क्रीप्ट लेखेका हुन् ।

मिशेल ओबामामा आधारित फिल्म यो भन्दा पहिले पनि बनिसकेको छ । तर टेलिभिजन सीरिज भने पहिलोपटक बन्न लोगेको हो । सन् २०१६ मा ‘साउथसाइड विद यू’ फिल्म बनाइएको थियो ।

एजेन्सी