यस्तो बन्यो चलचित्र जीवन काँडा कि फूलको ट्रेलर — भिडियो सहित

भदौं १२,काठमाडौं — साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म जीवन काँडा कि फूलको ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रमा रोजिता बुद्धचार्य, सारिका घिमिरे, किसन सुनार, उमा गिरीको भुमिका रहेको छ । झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा र संवाद रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ ।

चलचित्र विनोद विष्टको निर्माण र निर्देशनमा बनेको हो । चलचित्र कात्तिक २२ गते देखि प्रर्दशनीमा आउने भएको छ ।