घरेलु उपाय मार्फत यसरी हटाउन सकिन्छ डन्डिफोर

भदौं १२,काठमाडौं — डन्डिफोरले छालाको सुन्दरतामा कमी ल्याउँछ । क्तिपय अवस्थामा डन्डिफोर निको हुन सक्छ भने कतिपयमा भने निकै ग्राहो हुन्छ । यसबाट मुक्ति पाउन औषधि संगसंगै घरेलु उपायहरु प्नि अपनाउन सकिन्छ । घरेलु तरिकाले यसरी डन्डिफोर हटाउन सकिन्छ ।

महले डन्डिफोर हटाउने सहयोग गर्दछ । अनुहारमा १० मिनेट मह राखेर सफा पानीले धोएमा डन्डिफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

घरमा सहजै रुपले पाउन सकिने फलफुल हो केरा । यसलाई मुछेर डन्डिफोर भएको ठाँउमा नियमित रुपमा लगाएर अनुहारमा लगाएर केहि समय राखेर पानीले पखाल्नु पर्दछ ।

कागतीको रसलाइए मह अर्थात पानीमा मिसाएर लगाएमा पनि डन्डिफोर को समस्याबाट केहि राहत मिल्दछ ।

गोलभेँडाको मद्दतबाट पनि डन्डिफोर हटाउन सकिन्छ । गोलभेँडाको रसलाई डन्डिफोर आएको ठाउँमा लगाएर झन्डै आधा घन्टापछि सफा पानीले धोएमा डन्डिफोर हराउँछ ।