संसद् निलम्बन गन बेलायती महारानीले दिइन अनुमति

भदौं १२,काठमाडौं —बेलायतकी महारानी एलिजावेथ द्वितियले त्यहाँको संसद निलम्बन गर्नका लागि सरकारको तर्फबाट गरेको सिफारिसलाई अनुमति दिएकी छन् । संसद्मा ब्रेक्जिट डिलको बारेमा अवरोध हुनसक्ने कुरालाई मध्यनजर राख्दै सरकारले संसद् निलम्बन गरेको हो ।

अनुमतिपछि आउँदो सेप्टेम्बरपछि बेलायतको संसद् निलम्बनमा जानेछ । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद् निलम्बन भएपछि १४ अक्टोबरका दिन महारानीको सम्बोधन हुने बताइएको छ ।

संसद् भंग गर्ने सरकारको निर्णयलाई लिएर विपक्षी दलले भने कडा आलोचना गरेका छन्। टोरी पार्टीका ब्याक बेन्चर डोमिनिक ग्रिबले सरकारको यो कदमलाई अपमानजनक भएको बताएका छन् ।