‘पावर प्याक पफर्मर’पवनले सार्वजनिक गरे‘मलाई एक छिन देऊ’

भदौं ११,काठमाडौं — नेपाल आईडलमा ‘पावर प्याक पफर्मर’ को उपाधि पाएका गायक पवन गिरीले ‘मलाई एक छिन देऊ’ सार्वजनिक गरेका छन् ।

नेपाल आईडल २ का टप ६ सम्म पुगेका प्रतियोगी गिरिले नयाँ म्युजिक भिडियो वाइड लेन्स प्रोडक्सन मार्फत बजारमा ल्याएका हुन् ।

न्यूह बज्राचार्यको संगीत रहेको गीतमा गिरिले बज्राचार्यलाई गुरुको रुपमा श्रद्धा गर्दै उनले एल्बमको नामै ‘गुरुको भेट’ राखेका छन् ।

म्युजिक भिडियोमा उनले कविता नेपालीसँगै आफैंले अभिनय गरेका छन्। भिडियोको निर्देशन भने लोकेश बज्राचार्यले गरेका छन् भने क्रियटिभ डाइरेक्टरको भूमिकामा योपेश प्रधान छन् ।
भिडियो हेर्नुहोस्ः