प्रशिक्षक बन्न बोर्डको पद त्याग

 

भदौं ११, एजेन्सी —पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हकले पाकिस्तान क्रिकेट बोर्डको पद छाडेका छन् ।

पाकिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न उल हकले बोर्ड सदस्य पद त्याग गरेका हुन् । बोर्ड सदस्य पद त्यागेका ४४ वर्षे उल हकले प्रशिक्षकका लागि निवेदन दिएका छन् ।

’भविष्यमा पाकिस्तानको मुख्य प्रशिक्षक भनेर मेरो नाम देखिदा मलाई आश्चर्य लाग्थ्यो,’ उल हकले भने, ’तर यसको निर्णय भने मैले अहिले गरेको छु ।

पूर्व पाकिस्तानी फास्ट बलर तथा मुख्य प्रशिक्षक वकार युनिसले समेत बलिङ प्रशिक्षकका लागि आवेदन दिएका छन् ।