युद्ध फिल्म ’वार’को ट्रेलर रिलिज(भिडियो)

भदौं ११,काठमाडौं — चलचित्र ’वार’को ट्रेलर सार्वजनिक भएको छ । यशराज ब्यानरमा निर्माण भएको चलचित्र एक्सनले भरिएको छ ।

पहिलो पटक एउटै चलचित्रमा काम गरेका ऋृतिक र टाइगरको एक्सन अवतार र चलचित्रको सस्पेन्स र एक्सनले दर्शकमाझ निकै कौतुहलता जन्माएको छ ।

अक्टोबर २ बाट प्रदर्शनमा आउने यस चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।चलचित्रलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । चलचित्रमा आदित्य र सिद्धार्थकै कथा छ ।