छालामा अचानक निलो दाग देखिनुको कारण यस्तो रहेछ

भदौ १०,काठमाडौं— हाम्रो शरीरको विभिन्न ठाउँमा कहिले काहि अचानक छालामा निलो दागहरु देखिने गर्छ । उक्त निलो दाग न चोटपटक न कुनै बाहिरी कारणले नै हुने गर्छ । यस्तो दाग अचानक देखिन्छ तर बिस्तारै पर्पल र गहिरो रङ भएर जान्छ अनि केहि दिनमा आफै निको भएर आउँछ । यसप्रकारको निलो दाग देखिएमा बोक्सीले टोकेको भन्ने अन्धविश्वास समेत रहेको हामी पाउँछाँै ।

राती केहि चाल नपाई गहिरो निन्द्रामा सुतेको वा धेरै सुतेको व्यक्तिको शरीरमा छालाको कुनै भागमा चोट लाग्दा वा कतै ठोक्किदा रक्त नलिमा क्षति पुग्न गई ठोकिएको भागमा निलो दाग देखिने गर्छ । तर, कहिले काही विना चोटपटक पनि हाम्रो शरीरमा यस्तो दाग हुने गर्छ । बंशाणुगत कारणले पनि छालामा यस्तो निलो दाग देखिन सक्छ । हाम्रो शरीरमा रगत उत्पादन गर्ने क्षमतालाई कमजोर भएको खण्डमा पनि शरिरमा निलो दाग देखिन सक्छ ।

धेरै जसो भिटामिन सी, के र मिनरलले तरल पदार्थबाट रगत बनाउने र चोट लागेको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । त्यसैले शरीरमा भिटामिन तथा मिनिरलको कमी हुँदा छालामा यस्तो निलो दाग देखिने गर्छ । शरीरमा आइरनको कमीले एनिमियाको समस्या हुन सक्ने भएकोले आइरनको कमीले पनि शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण मध्ये एक हो ।

बढी उमेरका मानिसमा वा बृद्धहरुको सवालमा यस्तो प्रकारको निलो दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो सुर्यको किरणले रक्तनलीलाई कमजोर बनाएर शरीरमा पहिले रातो र बिस्तारै निलो रंगको दाग बनाउने गर्छ ।
अत्याधिक एक्सरसाइज गर्नाले पनि शरिरमा निलो दाग हुन सक्छ ।

आवश्यकताभन्दा बढी एक्सरसाइज वा बढी तौल उठाउने गर्दा मांशपेशीमा धेरै बल पर्न जान्छ र शरिरका विभिन्न भागमा निलो दाग देखिन थाल्छ । हाम्रो शरीरको कोलोजन नामक विकार तत्वको कारणले गर्दा हाम्रो कोशिका र रक्त नलीलाई कमजोर बनाएर रगत नलीलाई सजिलै टुटाउने गर्छ । जसले गर्दा शरिरका विभिन्न ठाउँमा निलो दागहरु देखिन सक्छ ।

हाम्रो शरीरमा प्रोटीनको तुलनामा रगतको कमी भएमा सानो चोट(पटक तथा ठोकिएपछि अत्याधिक रगत बग्ने गर्छ र यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग हुने गर्छ । रगत पातलो बनाउने औषधीको तथा माछाको तेल, धेरै लसुनको सेवन तथा विभिन्न खानेकुराको प्रयोग गर्दा हाम्रो रगतलाई जम्नबाट रोक्ने काम गर्छ र हाम्रो शरीरमा यस्तो समस्याहरु देखा पर्न सक्छ ।

क्यान्सर भएको बेलामा र क्यान्सरको उपचार गर्दा गरिने किमोथेरापीका कारणले शरिरमा पटक पटक निलो दाग देखिने गर्छ । शरीरमा धेरै जसो निलो दागहरु देखा पर्ने गर्छ भने यसलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दागहरु हाम्रो शरीरमा क्यान्सरको संकेत समेत हुन सक्छ ।