चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार

भदौ १०,एजेन्सी —भारतका पुर्वअर्थमन्त्री पि चिदम्बरमलाई जमानतमा रिहा गर्न भारतीय अदालतले अस्विकार गरेका छन् ।

भ्रष्टाचार सम्वन्धी मुद्धामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न अदालतले अस्वीकार गरेको हो ।

यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ । केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि उनलाई पक्राउ गरेको थियो ।

उनलाई अघिल्लो हप्ता पाँच दिनका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश अदालतले दिएको थियो ।

उनी भारतीय काङ्ग्रेसको नेतृत्वको सरकारमा भारतको गृहमन्त्री बन्नुभएको थियो । संचार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप उनमाथि लगाइएको छ ।

उनी भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र बहालवाला सांसद पनि हुन् ।