साफ यू-१५ : आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा

भदौ १०,काठमाडौं— साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आज दिउसो ३ः१५ बजेपछि बंगलादेशसँग खेल्नेछ ।

भारतको कल्याणीमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले तेस्रो खेलको रुपमा बंगलादेशसँग खेल्न लागेको हो ।

नेपाललाई शीर्ष दुईमा पर्दै फाइनलमा स्थान बनाउन बंगलादेशविरुद्ध स्पष्ट जित आवश्यक छ ।नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।

नेपालले अन्तिम खेलमा बिहिबार भुटानसंग खेल्ने छ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।