विस्थापित रोहिंग्या शरणार्थीद्धारा शिविरमै प्रर्दशन


भदौं ९,काठमाडौं — म्यान्मारबाट विस्थापित रोहिंग्या शरणार्थीले बंलादेशस्थित शिविरमै प्रर्दशन गरेका छन् । म्यान्मार आफूहरूविरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको अवसर पारेर आइतबार झन्डै दुई लाख रोहिंग्या प्रर्दशनमा सहभागी जनाएका हुन् ।

सन् २०१७ को अगस्ट महिनामा म्यान्मारको रखाइन राज्यमा भएको हिंसाका कारण विस्थापित झन्डै सात लाख ४० हजार रोहिंग्या बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् । (यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी थिए ।

बंगलादेशमा अहिले शरणार्थी रहेको शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर बताइएको छ । म्यान्मारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीबीच धार्मिक र जातीय द्वन्द्वपछि उनीहरू विस्थापित भएका हुन् ।

विस्थापित रोहिंग्यालाई बंगलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरूलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्डुल गर्ने स्वतन्त्रता छैन ।

सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीले सम्झौताअनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आइरहेका छन् ।