२ घण्टा अगाडि नै नेकपा सचिवालय बैठक

भदौ ९,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बिहान ११ बजे बस्ने गरी तोकिएको छ ।

यस अघि सचिवालय बैठक सोमबार दिउँसो १ बजेका लागि बस्ने निर्णय भएको थियो । बैठक नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बस्ने बैठक २ घण्टा अगाडि सारिएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा रहेकाले पहिलो पटक प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बस्दैछ ।