५ लाख धरौटीमा छुटे रवि लामिछाने

भदौं ९, काठमाडौं — पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने ५ लाख धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न सोमवार आदेश दिएको चितवन जिल्ला अदालतकी बैतानिक वकिल सरिता सापकोटाले इमेल खवरलाई जानकारी दिइन् ।

सापकोटाका अनुसार मृत्यु प्रकरणमा थुनिएका युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।

गत २० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्यु अघि रेकर्ड गरेको भिडियोमा रवि सहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको वताए पछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।

वकिल सापकोटाका अनुसार रविका सर्मथकहरुले नारा जुलुस गरेका छन । तिनलाई नियन्त्रण गर्न र स्थिति सामान्य अवस्थामा ल्याउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको उनले जानकारी दिइन ।