मार्बल युनिभर्सले भविष्यमा‘स्पाइडरमेन’को सिरिज निर्माण नगर्ने

भदौ ६,एजेन्सी — मार्बल सिनेमाटिक युनिभर्सले भविष्यमा फिल्म ‘स्पाइडरमेन’को सिरिजको निर्माण नगर्ने भएको छ । डिज्नी र सोनी पिक्चर्सबीचको वार्ता भंग भएपछि मार्बलले यो निर्णय लिएको हो ।

दुवै स्टुडियोले २०१५ देखि ‘स्पाइडरमेन’को ब्राण्डमा सहकार्य गर्दै आएको थियो । पछिल्लो सम्झौता अनुसार सोनीले एक्लै निर्माण गरेको सन् २०१७ र २०१९ को ‘स्पाइडरमेन’ मा मार्बललाई पनि निर्माताका रुपमा नाम दिइएको थियो । यी फिल्ममा टम हल्याण्डले अभिनय गरेका थिए । जुन फिल्म ब्लकब्लस्टर भएको थियो ।

डिज्नी र सोनीले हालै मात्र सो सम्झौतालाई तोडेका छ । समाचार अनुसार मार्बलका अध्यक्ष केविन फिगेले ‘स्पाइडरमेनः फार फ्रम होम’ र ‘स्पाइडरमेनः होमकमिंग’मा क्रिएटिभ लिडका रुपमा काम गरेका थिए । उनलाई आगामी दिनमा फिल्ममा कुनै पनि भूमिका मिल्ने छैन । दुई कम्पनी बीच कुनै सम्झौता नहुन्जेल उनी जिम्मेवारी र भूमिकाविहिन हुनेछन्