डलर खाएर रविको पक्षमा आन्दोलन भयो —सांसद विक

भदौं ४,काठमाडौं — सांसद खेमकुमार विकले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेको पक्षमा डलरवादीहरुले आन्दोलन गरिरहेको आरोप लगाएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विकले भने, ‘रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छ ? यो आन्दोलन डलर खाएर भइरहेको छ। सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ।’

सांसद बिकले लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको उनको दाबी थियो ।