प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच शिष्टाचार भेट हुदैं

भदौं ४,काठमाडौं — काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बुधबार दिउँसो दुई बजे शिष्टाचार भेटवार्ता हुने भएको छ ।

बुधबार दिउँसो काठमाडौँ आइपुगेका जयशंकर र ओलीबीच दिउँसो दुई बजे भेटवार्ताको समयतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।