प्रधानमन्त्री चेकअपका लागि फेरि सिंगापुर जाँदै

भदौं २,काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्र ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् ।

१२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् । अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए ।

पुरानो औषधि फेरेर नयाँ चलाएका प्रधानमन्त्रीले स्वदेश फर्किएलगत्तै वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउनेसम्मका निर्णयहरु फटाफट गराएका छन् । यससँगै पार्टीका अढाइ दर्जनभन्दा बढी विभागहरुले पूर्णता पाएका छन्