के हो माइग्रेन ? कसरी बच्ने ?

काठमाडौं — आधा टाउको दुख्ने, बेला–बेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने आदि समस्या भए माइग्रेन भएको मानिन्छ ।

यस्ता समस्या भएकालाई घाम तथा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने तथा झर्को लाग्ने हुन्छअध्ययनअनुसार पुरुषको तुलनामा महिलाको टाउको बढी दुख्छ ।

यसरी बच्न सकिन्छ माइग्रेनबाट

माइग्रेन बढाउने तत्व एवं खानपिन पत्ता लगाई त्यसमा नियन्त्रण गर्नुपर्छ ।

गुन्द्रुक, सिन्की, तामा तथा बोतलमा राखिएका पुराना अचार खानुहुँदैन ।

दही, पनिर, आइसक्रिम, कफी, चकलेट आदि खानु हुँदैन ।

कोल्ड ड्रिंक्स, बियर, वाइन तथा रक्सीको सेवनका साथै धूम्रपान गर्नुहुँदैन ।

उज्यालो, भीडभाड एवं कोलाहलबाट टाढै बस्नुपर्छ ।

बढी गर्मी तथा चिसोबाट जोगिनुपर्छ ।

खाली पेट बस्नुहुँदैन, फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

तनाव तथा चिन्तारहित रहनुपर्छ । कुनै काममा व्यस्त हुनु उपयुक्त हुन्छ ।

योग तथा शारीरिक व्यायाम गर्नुपर्छ । कम्तीमा पनि ६ देखि ८ घन्टा आरामले सुत्नुपर्छ ।

निरन्तर मोबाइल तथा टिभी हेर्नुहुँदैन ।