यस बर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’ लाई प्रदान गरिने

भदौं १,काठमाडौं — यस वर्षको मदन पुरस्कार योगेश राजको ‘रणहार’ लाई दिने निर्णय भएको छ ।

आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्ललाई मुख्यपात्र बनाएर लेखिएको पुस्तक ‘रणहार’ लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

पुस्तकमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका प्रसङ्गहरु उल्लेख छन् ।

यस वर्ष मदन पुरस्कारका लागि सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ , कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छनौटमा परेका थिए ।

त्यस्तै यस बर्षको जगदम्बा(श्री पुरस्कार बैरागी काइँलालाई प्रदान गर्ने निर्णय भएको छ ।

पुरस्कारको राशी ४र४ लाख रुपैयाँ रहेको छ । पुरस्कार असोज १२ गते वितरण गरिने जनाएको छ ।