अभिनेत्री शिल्पा पोखरेललाई नपक्रन सर्वोच्चको अल्पकालीन आदेश

भदौं, १ काठमाडौं — सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई नपक्रन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश गरेको हो ।

उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा शिल्पाले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो । शिल्पाले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

साउन २४ गते भएको सुनुवाइपछि कलाकार शिल्पा पोखरेल र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो ।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन् ।