पदमा बसिरहने कुनै रहर छैन—प्रधानमन्त्री

भदौं १,काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई पदमा बसिरहने कुनै रहर नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु,’ ।

प्रधानमन्त्री ओलीले भने, ‘केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वा्चित गरेर सुम्पिएको जिम्मेवारीबाट सरकार लगलग काम्यो भन्ने दिवा सपना नदेखे हुन्थ्यो । यो सरकार चुनौतीको सामना गरेर आएको हो ।’

पद नगएको मानिस दुनियामा कोही भन्दै प्रधानमन्त्री ओलीले सरकारले उदारता देखाउँदै प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिएका छन् ।

ओलीले भ्रष्टाचार बढेको भन्ने भनाईमा सत्यता नभएको बताएका छन् । सुशासन कायम र अपराध नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गरेको भन्दै उनले सम्पत्ति सुद्धीकरण, ह्युमन ट्राफिकिङ लगायत जो सुकैलाई पनि कानुनको दायरमा ल्याउने बताए ।