यो बर्ष १ अर्ब २२ करोडको गुन्द्रुक आयात

भदौं १,काठमाडौं — नेपालमा गुन्द्रुक भारत, चीन लगायतका देशबाट वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब २१ करोड ९२ लाख ७० हजार रुपैयाँबराबरको सुकेको गुन्द्रुक आयात भएको छ ।
बजारको माग अनुसार कृषिजन्य वस्तु उत्पादन गर्न नसक्दा यो स्थिति आएको हो । कृषि पेसालाई सम्मानजनक रूपमा नलिइँदा धेरै युवा रोजगारीका लागि बिदेसिन थालेपछि भूमि बाँझो हुने र उत्पादनमा कमी आएकाले आयात गर्नुपर्ने स्थिति आएको हो ।

हालसम्म तीव वटा वस्तुमा मात्र मुलुक आत्मनिर्भर छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार अन्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर बनेको हो